स्थानीयस्तरका साना तथा मझौला विकास योजनाहरू स्थानीय बासिन्दामार्फत नै कार्यान्वयन गराउन गठित समितिलाई उपभोक्ता समिति भनिन्छ। योजनाबाट प्रत्यक्ष लाभ पाउने आम नागरिकको भेलाले सर्वसम्मत रूपमा यो समिति गठन गर्छ।
स्थानीय तहको योजना तर्जुमा प्रक्रिया तल्लो तह (टोल भेला) बाट सुरु हुन्छ। टोल बस्तीमा हुने बैठकमा आफ्नो योजना प्रस्ताव गर्ने र त्यहाँबाट छनोट भई वडा समिति र पालिकास्तरको बजेट अधिवेशनबाट योजना स्वीकृत गराउनुपर्छ।
पाइँदैन। आफ्नो क्षेत्रभित्र कुनै पनि व्यापार, व्यवसाय वा उद्योग सञ्चालन गर्नुअघि सम्बन्धित गाउँपालिका वा नगरपालिकाको तोकिएको शाखा वा वडा कार्यालयमा दर्ता गरी व्यवसाय कर तिर्नुपर्छ।
प्रत्येक आर्थिक वर्षको तोकिएको समयभित्र (प्रायः पुस मसान्तभित्र तिर्दा छुट पाइने व्यवस्था हुन्छ) आफ्नो वडा कार्यालय वा पालिकाको राजस्व शाखामा गई सम्पत्ति कर तिर्न सकिन्छ।
नागरिकले स्थानीय तहलाई सम्पत्ति कर, भूमि कर (मालपोत), घर बहाल कर, व्यवसाय कर, विज्ञापन कर, र मनोरञ्जन कर जस्ता करहरू बुझाउनुपर्छ।
सरकारले तोकेको उमेर पुगेका ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति वा लक्षित वर्गले आफ्नो परिचयपत्र, नागरिकता र फोटोसहित सम्बन्धित वडा कार्यालयमा आवेदन दिनुपर्छ। स्वीकृत भएपछि बैंक खातामार्फत भत्ता उपलब्ध गराइन्छ।
नाता प्रमाणितका लागि सम्बन्धित व्यक्तिहरूको नागरिकता, जन्मदर्ता वा अन्य कानुनी प्रमाणसहित वडा कार्यालयमा निवेदन दिनुपर्छ। वडा समितिले प्रमाण पुगेको खण्डमा नाता प्रमाणितको प्रमाणपत्र जारी गर्छ।
यो कार्य सम्बन्धित वडा कार्यालयले गर्छ। वडा प्राविधिक वा अमिनद्वारा स्थलगत निरीक्षण गराई नियमअनुसारको शुल्क तिरेर वडा कार्यालयबाट चारकिल्ला वा बाटोको सिफारिस प्राप्त गर्न सकिन्छ।
घटना घटेको ४५ दिनभित्र आफ्नो स्थायी ठेगाना वा हाल बसोबास गरिरहेको वडा कार्यालयको पञ्जीकाधिकारी (वडा सचिव) कहाँ गई नि:शुल्क दर्ता गराउनुपर्छ। ४५ दिन नाघेमा तोकिएको जरिवाना लाग्छ।
नागरिकता प्रमाणपत्रका लागि सिफारिस लिन कहाँ जानुपर्छ?नागरिकताको नयाँ वा प्रतिलिपि प्रमाणपत्र लिनका लागि सम्बन्धित वडा कार्यालयमा आवश्यक कागजात (जस्तै: जन्मदर्ता, बाबुआमाको नागरिकता, बसाइँसराइ भए सोको प्रमाणपत्र) सहित निवेदन दिई वडाध्यक्ष वा वडा सचिवको सिफारिस लिनुपर्छ।
वडा समिति स्थानीय सरकारको नागरिकसँग प्रत्यक्ष जोडिने एकाइ हो। यसले आफ्नो वडाभित्र विकास निर्माणका योजना कार्यान्वयन गर्ने, सिफारिस तथा प्रमाणित गर्ने, र स्थानीय तथ्याङ्क अद्यावधिक गर्ने कार्य गर्दछ।
कुनै मिल्दो प्रश्न भेटिएन। खोज शब्द बदलेर हेर्नुहोस्।