प्रयोगमैत्री संरचना, शिक्षा, पर्यटन

र कृषि,समतामूलक बिकास इन्द्रसरोवरको समृद्धि”

header AD
सबै वडा
संक्षिप्त विवरण
इन्द्रसरोवर गाउँ पालिकाको वडा नं ५ उत्तरी मकवानपुरको काठमाडौं जिल्ला संग सिमाना जोडिएको क्षेत्र हो | यस वडाको बाहिरी सिमाना क्षेत्र हरुमा दक्षिणकालि नगरपालिका चन्द्रागिरी नगरपालीका तथा थाहा नगरपालिका उत्तरी तथा पश्चीमि सिमानामा रहेको छ साथै वडा १ र ४ अन्तरिक सिमानामा रहेका छन | मुख्य व्यापार केन्द्रको रुपमा रहेको पाटिचौर मा वडा कार्यालय रहेको यस वडामा खड्पु ,पौवाटोल, पाटिचौर, चखेल आदि स्थान हरुमा मुख्य बसोवास रहेको छ | नेवार र तामाङ जातिको मुख्य जनघनत्व रहेको यस क्षेत्रमा क्षेत्रि, ब्राम्हण आदि जात जतिको पनि बसोवास रहेको छ | समशितोष्ण हावापानी रहेको यस क्षेत्रको बासिन्दाको आय आर्जनको स्रोतको रुपमा मुख्यतः कृषि नै रहेको छ यस बाहेक नोकरी व्यापार ब्यबसाय मा पनि उलेख्य मानिस लागेका छन् | यस वडा को उत्तर प्रश्चिमी क्षेत्रमा रहेको चन्द्रागिरी भालेश्वर महादेव धार्मिक तथा मनोजनात्मक पर्यटकीय स्थलको रुपमा परिचित रहेको छ | यस वडाका प्रमुख पर्यटकीय गन्तव्यको रुपमा गुप्तेश्वर गुफा पनि रहेको छ |

स्थानीय निर्वाचन २०७९ बाट श्री दुतराज तितुङ वडा न ५ को अध्यक्ष पदमा निर्वाचित हुनु भएको छ |
आधारभूत जानकारी
श्री दुतराज तितुङ
9847363086
ward5.indrasarowar@gmail.com
इन्द्रसरोवर -०५
वडा तथ्याङ्क
जनसंख्या 0
घरधुरी 0
क्षेत्रफल -
नक्शा दृश्य
वडा नक्शा